कालीगण्डकी गाउँपालिका

गाउँकार्यपालिकाको स्वास्थ्य कार्यालय

२०७९ साल आषाढ १५ गते, बुधबार Login



कालीगण्डकी गाउँपालिकाको संक्षिप्त चिनारीः दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात प्रदेश नं. ४ को सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या २१७२८ (२०६८ को जनगणना अनुसार ) छ भने क्षेत्रफल ७३.५१ वर्ग कि.मि छ। पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ । जनसंख्या :- २१७२८ सिमानाः पूर्वः गल्याङ नगरपालिका । पश्चिमः तानसेन नगरपालिका । उत्तरः गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका । दक्षिणः बगनासकाली गाउँपालिका तथा तानसेन नगरपालिका । केन्द्र :- साविकको विर्घा गा.वि.स.को कार्यालय क्षेत्रफल :- ७३.५१ वर्ग कि.मि. वडा संख्या :- ७ संक्षिप्त परिचय ः
जनसंख्या ः २१७२८ (२०६८ को जनगणना अनुसार )
क्षेत्रफल ः ७३.५१ वर्ग कि.मि

सिमाना ः पुर्व– गल्याङ नगरपालिका ,
पश्चिम रुरु गा.पा.–गुल्मी र तानसेन न.पा. पाल्पा जिल्ला उत्तर –कालीगण्डकी गा. पा. र रुरु गा.पा. गुल्मी जिल्ला ,
दक्षिण –बगनासकाली गा.पा. र तानसेन न.पा. पाल्पा जिल्ला